६ कराेडकाे आईपिओ निष्काशन गर्न सयपत्री हाइड्रोले डाक्यो साधारण सभा

Sep 23, 2018 Merolagani

दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको सयपत्री हाइड्रोपावर लिमिटेडले ६ कराेडकाे सार्वजनिक (आर्इपिओ) निष्काशन गर्ने भएको छ । असोज २८ गते डाकेको दोस्रो बार्षिक साधारण सभामा कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने प्रस्ताव गरेको छ । 

जलविद्युत आयोजनाले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । 

उसले जारी पूँजीकाे १० प्रतिशत अर्थात तीन करोड रुपैयाँको बराबरको ३ लाख कित्ता सेयर निष्काशनका लागि साउन २३ गते धिताेपत्र बाेर्डमा आवेदन दिइसकेको छ । बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो बार्षिक साधारण सभाबाट अनुमोदन भएको सो सेयर निष्काशनका लागि कम्पनीले नियामकको अनुमति पर्खाईमा रहेको छ ।

यता कम्पनीले दोस्रो बार्षिक साधारण सभामा अनुमोदन गराएर जारी पूँजीकाे २० प्रतिशत ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो बार्षिक साधारण सभाबाट स्थानीयका लागि मात्र आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सर्वसाधारणको लागि दोस्रो साधारणसभाबाट प्रस्ताव पारित गरेर प्रकृया अगाडि बढाइने सयपत्री हाइड्रोले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि जारी पूँजीको १० प्रतिशत र दोस्रो बार्षिक साधारण सभाबाट गराएर २० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । हाल कम्पनीकाे जारी पूँजी ३० कराेड रूपैयाँ रहेकाे छ ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको बताइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।