जीवन बीमा कम्पनीहरुको बीमा शूल्क ३९ अर्ब, म्यादी बीमा पनि बढ्दै

Sep 23, 2018 merolagani

गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यसअवधिमा म्यादी बीमा वापत जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्त सम्ममा २४ हजार ४३८ दाबीको लागि ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यस्तै ६ हजार १९८ दाबी वापत ५१ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधि सम्ममा जीवन बीमा कम्पनीहरुको ५० लाख ९४ हजार ८४० बीमालेखहरु कायम छन् । जस मध्ये १९ लाख १८ हजार ७८ बैदेशिक रोजगार म्यादी बीमालेख जारी गरेका छन् ।

अन्य जीवन बीमा वापत म्यादी बीमा वापत जीवन बीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीहरुले २६ लाख ६२ हजार ९२३ बीमालेखवाट ३६ अर्ब २८ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएको बीमा समितिको तथ्यांक रहेको छ ।

जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी २५ अर्ब ४२ करोड रुपैयाँ, लगानी १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ र नगद तथा बैंक मौज्दात ३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

यस अवधि सम्ममा कम्पनीहरुले पूर्नबीमा शूल्क वापत ६४ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने पूर्नबीमा कमिशनवाट ११ करोड १२ लाख रुपैयाँ प्राप्त गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा बीमक कम्पनीको कार्यालय एक हजार ३८ वाट पुगेको छ । यस्तै कर्मचारीहरुको संख्या ३ हजार ३८८ जना र अभिकर्ताहरुको संख्या ३ लाख ८६ करोड ९७७ जना पुगेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।