शेयर बजारमा सामान्य सुधार , कारोबारले जगाउँदै छ उत्साह

Sep 23, 2018 Merolagani

यस साताको पहिलो दिनको शेयरबजार सामान्य बढेपनि झण्डै ७० करोड बराबरको कारोबार भएको छ । लाभांश घोषणा र साधारणसभा बोलाउने क्रम चलिरहदा शेयर कारोबारमा देखिएको उत्साहलाई सकारात्मक रुपमा लिईएको छ ।

  लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकहरुप्रति लगानीकर्ताको झुकाब देखिएको छ । जसले गर्दा समग्र बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ भने कारोबार समेत उत्साहजनक भएको छ ।

साताको पहिलो दिन नेप्से सूचक २.६१ अंकले बढेर १२५७.६८ विन्दुमा पुगेको छ । १६७ कम्पनीको कारोबार भएको बजारमा ५५ लाख ४९ हजार ६२१ कित्ता सेयर खरिदबिक्री ६९ करोड ३६ लाख रुपैयाँ बराबरमा किनबेच भए ।

नेप्सेमा ११ वटा समूहको सेयर कारोबार भएकोमा ६ वटा समूहका सूचक बढेका छन् भने ५ वटा समूह तल झरेका छन । बैंकिङ, व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्सको सूचक बढेको छ भने र्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स र निर्जीवन बीमाको सूचक घटेको छ।

आइतबार सबैभन्दा धेरै एनआइसी एशियाको ७ करोड ४ लाख रुपैयाँको कारोबार भयो त्यस्तै ग्लोबल आईएमई, प्रभु, एनएमबि तथा नेपाल बैंक लगायतको पनि उच्च कारोबार भएको छ । क्यापिटल मर्चेन्ट बैंक तथा फाइनान्सको ६ करोड ७८ लाख रुपैयाँको प्रमोटर शेयरको म्यानुअल कारोबार भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनको शेयरमूल्य सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ भने कालिका लघुवित्तका सबैभन्दा धेरै ७.४३ प्रतिशतले घटेको छ । प्रभु बैंक, मञ्जुश्री फाइनान्स, काबेली विकास तथा जानकी फाइनान्स लगायतको शेयर मूल्य बढ्दा स्वोरजोगार लघुवित्त नेशनल हाइड्रो लगायतको भाउ घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।