स्पर्श लघुवित्तले २ करोड ४० लाखको आईपिओ निष्काशन गर्ने

Sep 23, 2018 Merolagani

स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले उक्त परीमाणको शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारण र आफ्ना कर्मचारीका लागि निश्कासन गर्नेछ ।

कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमीटेड रहेको छ ।

संस्थाको हालको चुक्तापूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपपिओपछि चुक्तापूँजी ८ करोड रुपैयाँ पुग्नेछ ।

१० वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल १५ वटा शाखामार्फत ६ हजार पाँच सय जना सर्वसाधारणलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।