बोनस पारित गर्न शाइन रेसुङ्गाले डाक्यो साधारण सभा, मर्जर प्राप्ती मुख्य एजेण्डा

Sep 23, 2018 Merolagani

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १७.७० प्रतिशत बोनस सेयर पारित गर्न १० औं बार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते शनिवार सम्पन्न १८३ औं बैठकले असोज २८ गते आइतबार अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट बुटवलमा बिहान साढे १० बजे सभा आह्वान गरेको हो ।

सभाले चुक्ता पूँजीको १७.७० प्रतिशत अर्थात २४ करोड ४० लाख ४९ हजार ८६० रुपैयाँ बराबरको बोनस शेयर र कर तिर्न एक करोड २८ लाख ४४ हजार ७२९ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरि सभाले अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीमा जान समाहित हुने सम्बन्धमा सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव गर्ने भएको हो ।

बैंक अन्य बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण प्रकृया अगाडि बढाउन सञ्चालक समतिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

त्यसका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा अनुमोदन गराउने विशेष प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले असोज १६ गतेदेखि बुकक्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।