प्रयाप्त आवेदन नपरेपछि प्रोग्रेशिभ फाइनान्सले थप्यो हकप्रद भर्ने समय

Sep 24, 2018 Merolagani

भारी मात्रामा हकप्रद निष्काशन गरेको प्रोग्रेशिभ फाइनान्स (PROFL) को हकप्रदमा निर्धारित समयमा न्यून आवेदन परेपछि कम्पनीले १५ दिन समय थप गरेको छ । यसअघि भदौ ५ देखि असोज ८ गतेसम्म हकप्रद निष्काशन गरेकोमा फाइनान्सले असोज २३ गतेसम्म समय बढाएको हो ।

२१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभ फाइनान्सले राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ पूँजी कायम गर्न २८१ प्रतिशत बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

यस हकप्रदमा साउन २२ गतेसम्म कायम रहेका सेयरधनीले धितोपत्र बोर्डबाट सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाको सबै शाखा मार्फत आवेदन दिन सक्नेछन् ।

त्यसैगरि बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, प्रोग्रेसिभ फाइनान्सको केन्द्रीय कार्यालय न्यूरोड र बनेपा शाखा तथा सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहानबाट आवेदन दिने व्यवस्था बिक्री प्रबन्धकले मिलाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रमाससम्म ३५ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६९ पैसा रहेको छ ।

फाइनान्सको सेयरमूल्य असोज ७ गते आइतबार प्रतिकित्ता १०१ रुपैयाँमा कारोबार भएको छ । दाेस्राे बजारमा फाइनान्सकाे सेयरमूल्य हकप्रदकाे अंकित मूल्यमा नै झरेकाे छ । यसै कारण सेयरधनीले हकप्रदमा अरूचि देखाएका हुन् । 

जेबिल्स् फाइनान्सकाे ४० प्रतिशत हकप्रदमा पनि ४३ प्रतिशत बढी हकप्रद सेयर अवितरित भएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।