ब्राेकर पुगेका माेफसलमा शेयर कर्जाकाे माग बढ्याे

Sep 24, 2018 Merolagani

विकास बैंकहरू कर्जा प्रवाहमा सक्रिय
शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि मोफसलमा समेत शेयर कर्जाकाे माग बढ्न थालेकाे छ । शेयर दलालहरूले शाखा विस्तार गरेका ठाउँका विभिन्न विकास बैंकहरूमा शेयर कर्जा माग गर्न लगानीकर्ता  बैंकमा धाउन थालेका छन् । 

केहि समय अगाडि शेयर बजारमा मन्दी छाउँदा लगानीकर्ता र बैंक तथा वित्तीय संस्थाहरू पनि शेयर कर्जामा सुस्त बनेका  थिए । शेयर बजारमा सुधारउन्मुख बन्दै जान थालेपछि दुबै सक्रिय बन्न थालेका हुन् ।

शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित राजधानी बाहिर सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरिरहेका छन् ।

मोफसलका ग्राहकलार्इ लक्षित गर्दै विकास बैंकहरूले सानो आकारमा भए पनि शेयर बजारमा लगानी विस्तार गरेका छन् । रुपन्देहीमा जिल्लामा विकास बैंकहरूले शेयर कर्जा प्रवाह गर्न थालेका छन् ।

सेयर कारोबारको अधिकांश हिस्सा अहिले पनि काठमाडौं उपत्यकाबाट हुने गरेको छ । सोहि अनुसार सेयर कर्जाको सुविधा पनि बैंकहरूले राजधानीका ग्राहकलार्इ लक्षित गर्ने गरेका छन् । तर ब्रोकरहरूले उपत्यका बाहिर ४३ वटा शाखा विस्तार गरेसँगै सेयर कारोबार राजधानी बाहिर पनि बढ्ने क्रममा रहेको छ ।

बुटवलमा सेयर दलालहरू एशियन सेक्युरिटीज, जे एफ सेक्युरिटीज, अार्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज, दक्षिणकाली इन्भेष्टमेन्ट, लिञ्च स्टक मार्केटकाे अारडब्लुएस शाखा सञ्चालनमा रहेका छन् ।

कैलाश विकास बैंकले ‘कैलाश शेयर लोन योजना’ अघि सारेर लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । बैंकमा आवश्यक कागजात पेश गरेपछि सात दिनभित्रै कर्जा प्रवाह हुने बताइएको छ ।

कैलाशले १२ प्रतिशतमा शेयर कर्जा दिने गरी शेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ९० करोड रूपैयाँसम्म लगानी गर्नेछ ।

कैलाश विकास बैंकको क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख कृष्ण अर्यालले बुटवलमा ब्रोकर शाखा विस्तार भएपनि शेयर रजिष्ट्रारको कार्यालय नभएका कारण ठूलो आकारमा शेयर कर्जा प्रवाह नभएको उल्लेख गर्दै शेयर कारोवार बुटवलमा कम भएको जिकिर गर्छन् । बुटवलमा एनआर्इबिएल एस क्यापिटलको मात्र कार्यालय रहेको छ ।

अर्यालले भने, “शेयर कारोवार गर्न आफैँ काठमाडौं जानुपर्ने भएकाले लगानीकर्ताले झण्झट व्यहोरेको छैन ।” प्रमुख अर्यालले बुटवल र आसपासमा कम्तीमा २५ लाख रूपैयाँ शेयर कर्जा प्रवाह भएको जानकारी दिँए । यस्तो शेयर कर्जा लामो समय नरहने उनको बुझाइ छ ।

साइन रेसुङ्गा बैंक, प्रधान कार्यालय बुटवलका नायब महाप्रबन्धक लोकराज पनेरुले राष्ट्र बैंकले तोकेको नियमानुसार साधरण शेयरको ५० प्रतिशत शेयर कर्जा प्रवाह भएको बताउँछन् ।

पनेरुले शेयर कर्जाका लागि ९० प्रतिशत लगानीकर्ता काठमाडौं धाउने गरेको उल्लेख गर्दै बुटवलमा ब्रोकर कम्पनी भर्खरै सञ्चालन भएकाले शेयर कर्जामा आकर्षण कम भएको तर्क गरे ।

“हामीले पनि अन्य कर्जाजस्तै यसलाई प्राथमिकतामा राखेर लगानी गरेका छैनौं,” उनले भने। अहिलेसम्म १० जनाले १० लाखदेखि २५ लाख रूपैयाँसम्म शेयर कर्जा लिएको उनले बताए । यस बैंकले दुई वर्षदेखि शेयर कर्जामा लगानी गरेको जनाएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकले पनि शेयर कर्जामा विशेष छुट दिएको छ । आवश्यक कागजात पेश गरेको दुई दिनमा नै सर्वसुलभ दरमा शेयर कर्जा उपलब्ध हुने मुक्तिनाथले जनाएको छ । राष्ट्र बैंकले लागू गरेको मौद्रिक नीतिमा शेयर धितोकर्जा ५० प्रतिशत तोकिएको छ ।

चालु आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्न ‘मार्जिन’ प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थापछि बैंकहरूले झण्डै एक खर्ब रूपैयाँसम्म मार्जिन कर्जा (शेयर धितोमा राखेर दिइने कर्जा) प्रवाह गर्ने क्षमता राख्छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सकिने प्रावधान छ । राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत शेयर धितोमा कर्जा उपलब्ध गराउन सक्छन् ।

(राससकाे सहयाेगमा)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।