ओरियन्टल होटलको लाभांश बढेपनि बोनस घट्यो

Sep 25, 2018 Merolagani

ओरियन्टल होटल (OHL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समतिको असाेज ८ गते सम्पन्न बैठकले  १५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर सहित ११.३२ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक बर्षमा होटलले १८ प्रतिशत बोनस तथा ६.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

आर्थिक बर्ष २०७२/७३ मा भने कम्पनीले २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद वितरण गरेको थियो । 

गत बर्षमा भने होटलले बोनस सेयर घटाएर नगद लाभांशलाई बढाएको छ । कम्पनीले तीन प्रतिशत बोनस घटाएर ५.११ प्रतिशत नगद लाभांश बढाएको हो । प्रस्तावित लाभांश कम्पनीकाे एक्काइसाैं बार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलार्इ वितरण हुनेछ ।

कम्पनीले कार्तिक १२ गते नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेलमा एक्काइसाैं बार्षिक साधारण सभा गर्ने भएकाे छ । लाभांश वितरण र साधारणा सभा प्रयाेजनका लागि कम्पनीले असाेज १९ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाे छ । यसअनुसार असाेज १८ गतेसम्म कायम रहने सेयरधनीले  मात्र लाभांश प्राप्त गर्नेछन् ।

हाल ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ चुक्ता पुँजी रहेको ओरियन्टल होटलको प्रस्तावित १५ प्रतिशत बोनस सेयर वितरण पश्चात एक अर्ब ७ करोड ४३ लाख ७१ हजार ८४४ रुपैयाँ कायम हुनेछ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।