बीमा व्यवसायलाई प्रविधिमैत्री बनाउन अर्थमन्त्रीको सुझाव, सेयर बजारमा लगानी गरेकोमा असन्तुष्टि

Sep 25, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीलाई प्रविधिमैत्री बनाउन सुझाव दिएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा अर्थमन्त्री खतिवडाले प्रिमियम संकलन तथा दाबी भुक्तानी कार्य सरल बनाउन निर्देशन समेत दिए ।

साथै उनले बीमा क्षेत्रको क्षेत्र र पहुँच विस्तार गर्न सबै क्षेत्रको जोखिम कभर गर्नुपर्ने तर्फ बीमा कम्पनीहरुको ध्यानकर्षण गराए । त्यस्तै बीमा व्यवसायलार्इ प्राकृतिक जोखिमको बीमासँगै साइबर जोखिमको पनि बीमा अघि बढाउन सुझाब दिए ।

अर्थमन्त्री खतिवडाले प्रविधिको बढ्दो प्रयोगले साइबर क्राइमको जोखिम बढेको बताउँदै साइबर बीमा व्यवसायमा जोड दिनुपर्ने बताए । यस्तै लघुबीमा तथा स्वास्थ्य बीमा कार्यक्रम जस्ता गतिविधिले बीमाको दायर विस्तार हुने उनको भनाई छ । 

 

बीमा कम्पनीले सेयर बजारमा लगानी गरेकोमा असन्तुष्टि

साथै अर्थमन्त्री खतिवडाले बीमा क्षेत्रले सेयर बजारमा लगानी गरेकोप्रति असन्तुष्टि जनाए । उनले सेयर बजारमा लगानी गर्दा जोखिमको ख्याल गर्नुपर्ने बताउँदै लगानी विविधिकरण गर्न र जोखिम हस्तान्तरण हुने गरी बीमा कम्पनीहरु अघि बढ्नुपर्ने सुझाव दिए ।

मंगलबारबाट शुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहेको छ । 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।