मेरो माइक्रोफाइनान्सले पूँजी बढाउन शतप्रतिशत हकप्रद जारी गर्ने

Sep 25, 2018 Merolagani

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको मेरो माइक्रोफाइनान्स (MERO) ले चुक्ता पूँजी वृद्धि गर्नका लागि एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समतिको असोज ९ गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार थप पूँजी आवश्यक पर्ने भएकाले शतप्रतिशत हकप्रद जारी गर्न लागिएको बताए ।

हकप्रद जारी गर्दा भिन्न अंकलाई माथिल्लो पूर्ण अंकमा आवेदन दिन पाउने गरि कम्पनीको छैटौं बार्षिक साधारण सभाबाट अनुमोदन गराउने उनको भनाई छ ।

हकप्रदको सूचनाले कम्पनीको सेयरमूल्य मंगलबार झण्डै चार प्रतिशतले बढेको छ ।

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेकाे हो । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली आवश्यक संसोधन गर्ने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउनेछ ।

मेरोले गत आर्थिक बर्षमा १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

ग्लाेबल अाइएमर्इ बैंक सहित आठ वाणिज्य बैंक र दुई विकास बैंकको अग्रसरतामा २०७० असार ३० मा यो कम्पनी स्थापना भएको थियो । कम्पनीमा ६९.४ प्रतिशत संस्थापक र ३०.६ प्रतिशत साधारण सेयर स्वामित्व रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।