गत अार्थिक बर्षको लाभांश घोषणा गर्न बाँकी भएकाले पनि लगानीकर्ताको आकर्षण वाणिज्य बैंकहरुमा देखिएको हो । असाेज ८ गतेसम्म कुनैपनि वाणिज्य बैंकले गत बर्षकाे लाभांश घाेषणा गरेका छैनन् ।
अर्काेतर्फ बैंकहरुले चालू बर्षको पहिलो त्रैमासमा गरेको प्रगति आंकलन गरेर पनि लगानीकर्ताहरुको माग वाणिज्य बैंकमा देखिएको छ । केही बजारका ठूला खेलाडीहरुले पहिलो त्रैमासको नाफाका आंकलनका हल्ला फैलाएर समेत बजारमा चलखेलको प्रयास गरेको कारोबारीहरु नै बताउने गर्छन् ।
मंगलबार बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से दुई घण्टाको अवधिमा नै करिब १३ अंकले बढेर १२७० अंक नाघेको छ ।
यसअवधिमा १५१ कम्पनीको १६ लाख ५८ हजार कित्ता शेयर ४७ करोड ८१ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।
केहि साता अघि मात्र औषतमा २० करोडको कारोबार हुने बजारमा अहिले दैनिक ५० करोड बढीको कारोबार हुन थालेको छ । आजको बजारमा अझै दुई घण्टा कारोबार समय बाँकी रहँदा नै झण्डै ५० करोडको हाराहारीमा कारोबार भएको छ ।
जलविद्युत र वित्त बाहेक सबै समूहमा हरियाली छाएको बजारमा विशेष गरि वाणिजय बैंकहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । वाणिज्य बैंकको सूचक सबैभन्दा धेरै १८ अंक बढीले उकालो लागेको छ । कुल ४७ करोड ८१ लखको कारोबार हुँदा यो समूहको मात्रै ३७ करोड बढीको कारोबार भएको छ ।
दिउँसो एक बजेसम्म प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । जसको ४ करोड ४० लाख बढीको शेयर किनबेच भएको छ । एनआईबी, एनआईसीए, जेबिएनएल, एनबिएल तथा एनएमबि बैंक उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।
भागर्व विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढीले उकालो लागेको छ भने नबिल ईक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।