मेरो माइक्रोफाइनान्सले तोक्यो साधारण सभाका लागि बुकक्लोज

Sep 25, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था (MERO) ले छैटौं बार्षिक साधारण सभाका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । सञ्चालक समितिको ७४ औं बैठकले असोज १७ देखि कात्तिक ९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो ।

यसअनुसार असोज १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले गत बर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश प्राप्त गर्नेछन् । 

छैटाैं साधारण सभाबाट कम्पनीले  शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार थप पूँजी आवश्यक पर्ने भएकाले हकप्रद निष्काशन गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा माइक्रोफाइनान्सले ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २५ पैसा कायम गरेको थियो । साेमबार कम्पनीकाे सेयरमूल्य दाेस्राे बजारमा प्रतिकित्ता १३६० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।