बीमा क्षेत्रको विस्तारमा टेवा पुर्याउन बीमा सम्मेलन सहयोगी: अध्यक्ष चापागाँइ

Sep 25, 2018 Merolagani

अन्तराष्ट्रिय बीमा सम्मेलनले बीमा क्षेत्रको विस्तारमा टेवा पुग्ने बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाँइको दाबी छ । समितिका अध्यक्ष चापागाँइले सम्मेलनमा बीमा क्षेत्रको कमी कमजोरी केलाएर यस क्षेत्रको थप विकास र विस्तारमा टेवा पुग्ने बताएका हुन् ।

विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनको उद्घाटनसत्रमा अध्यक्ष चापागाँइले यस्तो भनाई राखेका हुन् ।

सम्मेलनवाट थप नयाँ कुरा सिक्न पाउने र त्यसलाई कार्यन्वयनमा ल्याउने उनले वताए । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौती लगायत प्राकृतिक विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई मुख्य एजेण्डा रहेको छ ।

जसले गर्दा बीमा क्षेत्रको विस्तार तथा प्राकृतिक प्रकोपको जोखिम न्युनिकरण गर्न र बीमालेखहरुको रिभ्यु गर्न सहयोग पुग्ने उनको भनाई छ । सबै क्षेत्रको बीमा समेट्ने गरी काम अघि बढेको र साईवार जोखिमको बीमा कार्यक्रम पनि लागु गर्ने तयारीमा रहेको उनले जानकारी गराए ।

बीमा कम्पनीहरुले गत २०७२ साल बैशाख १२ गते र त्यस पछिका पराकम्पहरुवाट क्षति भएका मध्ये धनसम्पतीको क्षति वापत १६ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । यस्तै ९० करोड रुपैयाँ जीवन बीमाको दाबी वापत दाबी भुक्तानी गरेको समितिको तथ्यांक छ । यस्ता दाबी भुक्तानीले बीमा क्षेत्रको ब्यापक विस्तार हुदै गएको उनको भनाई छ ।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।