नक्कली भूकम्पपीडितले लिएको रकम असूल गरिने

Sep 25, 2018 RSS

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिएर बस्नेका लागि छिट्टै कारवाही थालनी गर्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित अन्तरक्रियामा उनले पैसा लिएर काम नगर्नेलार्इ एउटा विधि बनाएर कारवाहीको थलानी गर्ने तयारी भइरहेको बताए । 

एकै परिवारमा तथा एक ठाउँमा पक्की घर भई अर्को ठाउँको घर भत्केकाको पैसा लिएर घर नबनार्इ बसेका पनि कारवाहीमा पर्ने उनकाे भनार्इ छ।

‘‘त्यस्ता व्यक्तिलाई एक महिनाका लागि इमानदारीका साथ पैसा फिर्ता गर्न प्राधिकरण र स्थानीय तहमार्फत आग्रह गरिरहेका छौं’’ उनले भने, “त्यो समयभित्र पनि फिर्ता नगरे नियमअनुसार असुल उपर गर्ने र त्यस्ता व्यक्तिले स्थानीय तह र केन्द्रीयस्तरको राज्यबाट पाउने सेवा सुविधा रोक्का गर्नेछौं ।”

वडाध्यक्ष वसन्तबहादुर रानाभाटले पैसाकै कारण अझै घर बनाउन नसकेको समस्या रहेको बताए । वडा नं ९ का नेपाली कांग्रेसका प्रतिनिधि राजेश हुँमागार्इंले लाभग्राहीमा नाम निस्केका सुकुम्बासीले अहिलेसम्म घर बनाउन नपाएको, कसैको घर पक्की नै भए पनि नाम निस्केको र कसैको घर भत्केर बस्न नै नहुनेको नाम ननिस्केकोलगायतका समस्या रहेको बताए ।

सो वडामा एक हजार १६० जना लाभग्राही रहेकामा ९६७ ले पहिलो किस्ता, ५५५ जनाले दोस्रो किस्ता र २२२ जनाले तेस्रो किस्ता तथा १४८ जनाले घर सम्पन्न गरिसकेको इञ्जिनीयर विनिता श्रेष्ठले जानकारी दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।