विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ: अर्थमन्त्री खतिवडा

Sep 25, 2018 RSS

अर्थमन्त्री डा. युवराज खतिवडाले समग्र आर्थिक समृद्धिका लागि वर्तमान सरकारले आफ्नो ध्यान केन्द्रित गरेको बताउँदै बीमा मार्फत विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्ने आवश्यकता औल्याएका छन् ।

बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘वित्तीय सुदृढीकरण: विपद् जोखिम वित्तीय व्यवस्थापन र बीमा’ विषयक २१ औं सम्मेलन काठमाडौंमा शुभारम्भका गर्दै खतिवडाले सो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले भने, “यातायात, घरजग्गा व्यवसाय, उद्योगलगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक छ ।”

उनले सामाजिक सुरक्षाअन्तर्गत स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिई सबै जनतालाई यसको पहुँचमा ल्याउन लागिएको उल्लेख बताए । सरकारले नै ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमाको दायित्व व्यहोर्ने उनको भनाई थियो।

यातायात, घरजग्गा व्यवसाय, उद्योग लगायत केही सीमित क्षेत्रमा रहेको बीमाको दायरालाई आगामी दिनमा बढाउँदै अन्य क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको उहाको भनाई छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र बीमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डेले विपद् जोखिमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेको बताए।

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा बीमासित सम्बन्धित नेतृत्व, मूल्याङ्कन, लघु बीमालगायत क्षेत्रमा अलग-अलग कार्यपत्र प्रस्तुत हुनेछ ।

उक्त सम्मेलनमा मानव निर्मित विपद् एवं प्राकृतिक विपद्पछि हुने क्षतिमा बीमाको जोखिमलाई कसरी न्यून गर्ने भन्ने विषयमा सहभागीहरू बीच अनुभव आदान प्रदान हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।