आइसिएफसिको लाभांश पारित, साधारण सभाले अरु के के गर्यो निर्णय ?

Sep 25, 2018 Merolagani

आइसिएफसि फाइनान्स (ICFC) को मंगलबार सम्पन्न पन्ध्रौं साधारण सभाले फाइनान्सले प्रस्ताव गरेको गतबर्षको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

चुक्ता पूँजी ८८ करोड २१ लाख रहेको फाइनान्सले ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ नगद वितरण गर्नेछ । कम्पनीले वितरण गर्ने लाभांश गत भदौ २६ गते सम्म कायम रहेका शेयरधनीले मात्र पाउने छन् ।

यस्तै साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिबेदन पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण स्वीकृत गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ को लागि बाह्य लेखा परिक्षकको नियुक्ती गर्ने र परिश्रमिक निर्धारण समेत गरेको छ । कम्पनीले हाल बहालवाला लेखापरीक्षक श्री एन. अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् पुन: नियुक्ति गरेको छ ।

हालसम्म फाइनान्सले १७ वटा शाखा र १५ वटा ए.टि.एम. मार्फत ६४ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान आएको छ । फाइनान्सले ८ अर्व ८७ करोड निक्षेप संकलन गरेर ६ अर्व ९१ करोड कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।