शेयर बजारको उछालले लगानीकर्ता उत्साहित, एकै दिन अर्ब बढीको कारोबार

Sep 25, 2018 Merolagani

केही साता यता सुधारउन्मुख रहेको शेयर बजार मंगलबार उच्च अंकले बढ्दा कारोबार रकम समेत एक अर्ब नाघेको छ । अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको बजारमा सूचकसँगै कारोबार रकम समेत अर्ब नाघ्दा लगानीकर्तामा उत्साह जागेको छ ।

विस्तारै बढेको बजारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकहरुमा देखिएको छ भने यसै समूहको उच्च कारोबार समेत भएको छ । अहिलेसम्म गत बर्षको लाभांश घोषणा नगरेका वाणिज्य बैंकहरुप्रति लगानीकर्ताको ध्यान खिचिएको छ ।

लगानीकर्ताले बैंकहरुले दिने प्रतिफल र आगामी दिनमा गर्न सक्ने प्रगतिको आंकलन गरेर लगानी गरेको विश्लेषण गरिएको छ । साथै ठूला र संस्थागत लगानीकर्ताले समेत बजारमा विस्तारै लगानी बढाउन थालेपछि कारोबारमा उच्च सुधार आएको हो ।

 

मंगलबार नेप्से २२.३७ अंकले बढेर १२८०.०५ बिन्दुमा उक्लिएको छ भने कारोबार रकम एक अर्ब १२ करोड नाघेको छ । जुन आइतबारको कारोबार रकमभन्दा ३५ करोडले बढी हो ।

यसदिन १७३ कम्पनीको ४४ लाख १७ हजार २३० कित्ता शेयर किनबेच भयो । जसमा वाणिज्य बैंकहरुको मात्रै ७७ करोड ८० लाख बढीको शेयर किनबेच भएको छ ।

बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कर्जालाई सहज बनाएपछि लगानीकर्तामा थप उत्साह जागेको हो । बजार बढ्दा मार्जिन कलको त्रास समेत सकिएको छ । ब्याजदर घट्ने आश पनि लगानीकर्तामा उत्तिकै छ ।

मंगलबार नेप्सेमा कारोबार भएका समूहमध्ये १० समूहमा सुधार आएपछि नेप्सेमा उछाल आएको हो । सबैभन्दा बढी निर्जीवन बीमा ४९ दशमलव १९, विकास बैंक ३७ दशमलव ३१, जीवन बीमा ३७ दशमलव ३६ र वाणिज्य बैंक २९ दशमलव १ अंकले बढेपछि बजारमा उछाल आएको हो । यसदिन अन्य समूहमा भने १ दशमलव ४६ अंकको सामान्य गिरावट आएको छ ।

 

नेप्से परिसूचकमा आएको दोहोरो अंकको सुधार तथा कारोबार रकममा समेत आएको उच्च बढोत्तरीले बजारले बुलिस ट्रेण्ड समातेको आकँलन समेत गरिएको छ ।

यसदिन सबैभन्दा धेरै प्रभू बैंकले ८ करोड ५१ लाख बढीको कारोबार भयो । एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक र नेपाल बैंकको पनि पाँच करोड बढीको शेयर किनबेच भयो ।

 

 

 

बजारमा उछाल आउँदा अधिकांश कम्पनीको शेयरमूल्य बढेको छ । सबैभन्दा धेरै भार्गव विकास बैंकको सेयर मूल्य ९.८२ प्रतिशतले बढ्यो । यस्तै, सनराइज बैंकको ८.१६ प्रतिशत तथा प्रभू बैंकको शेयर मूल्य ७.३६ प्रतिशले बढेको छ ।

यसदिन गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले गुमाए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।