ज्योति लाइफ दोस्रो बर्षमा, यस्तो छ बर्षदिनको प्रगति

Sep 25, 2018 Merolagani

ज्योति लाइफ इन्स्योरेन्सले संचालनको एक वर्षमा ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २०७४ आश्विन ८ गतेबाट व्यवसाय सुरु गरेको ज्योति लाइफले यस अवधिमा ७ आकर्षक बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीले १८१ करोड लगानी गरेको छ । कम्पनीले देशभर ७५ वटा शाखा संजाल समेत बिस्तार गरेको छ ।

कम्पनीमा कुल बीमाङ्क रकम ४ अर्ब रुपैयाँ रहेको छ । संचालनको पहिलो वर्षमा नै उल्लेख्य मुनाफा आर्जन गर्न सफल भएको कम्पनीको दाबी छ ।

वार्षिक उत्सवको अवसरमा कम्पनीले सम्पुर्ण बीमा सुविधा सहित आफ्नो कर्मचारीहरुको सामूहिक म्यादी जीबन बीमा सुरु गरेको छ ।

यस अवसरमा कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु, अभिकर्ता तथा एजेन्सी म्यानेजर, वित्तिय संस्था तथा संस्थागत अभिकर्ता, बीमितहरु लगायत बीमा समिति तथा अन्य नियामक निकायहरु प्रति आभार प्रदान गरेको छ ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड असोज ८ गतेवाट प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गरेको हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।