कालिका पावरको आर्इपिओ तपाईलाई पर्यो कि परेन ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

Sep 26, 2018 Merolagani

कालिका पावर कम्पनी (KPCL) ले भदौ २८ गतेदेखि असोज १ गतेसम्म सर्वसाधारणमा जारी गरेको आईपिओ बुधबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख १३ हजार १७७ जना आवदेकले १० कित्ताको दरले प्राप्त गरेका छन् ।

कम्पनीले कूल  १२ लाख कित्ता आर्इपिओ बिक्री खुला गरेको थियो । जसमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियाे ।

तर कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जनाएको छ । 

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी कालिका पावर कम्पनी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा अाफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ । 

१२ करोडको आईपिओका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।

१४६ जना आवेदकको आवेदन रद्ध भएको हो । १२० वटा दाेहाेराे अावेदनकाे कारण र २६ वटा अावेदन कम्पनीले माग गरेकाे कारण रद्द भएकाे हाे । प्राथामिक निष्काशनमा प्राकृतिक व्यक्त्तिले मात्र अावेदन गर्न पाउने व्यवस्था रहेकाे छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । साधारण सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।