मेरो माइक्रोले पन्ध्र प्रतिशत बोनस दिएर शतप्रतिशत हकप्रद बेच्ने, बोलायो साभारण सभा

Sep 26, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था (MERO) ले गत बर्षको लाभांश सहित शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले आउँदो कार्तिक ९ गते, नुवाकोटको होटल वाटर टावरमा बिहान ११ः३० बजे साधारण सभा डाकेको हो ।

कम्पनीले यस अघि घोषणा गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश पारित गर्नेछ । 

त्यसपछि शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गर्ने भएको छ ।

यस्तै साधारण सभामा संचालक समितिको बार्षिक प्रतिबेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिबेदन सहित वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीको छैटौं बार्षिक साधारण सभाका लागि असोज १७ देखि कात्तिक ९ गतेसम्म शेयरधनी किताब बन्द गर्ने जनाएको छ । यस अनुसार असोज १६ गतेसम्म कायम रहेका सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।