मिर्मिरे माइक्रोफाइनान्सको लिलामी सेयरको बोलपत्र खोलियो, प्रारम्भिक कटअफ यस्तो

Sep 26, 2018 Merolagani

मिर्मिरे माईक्रोफाइनान्स (MMFDB) को हकप्रदमा अवितरित भएकाे ९ हजार ७५३ कित्ता सेयरका लागि परेको शिलबन्दी बोलपत्र बुधबार बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा खुला गरिएको छ । लघुवित्तले शतप्रतिशत हकप्रदमा अवितरित सेयरमा भदौ २६ गतेदेखि असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।

मिर्मिरेको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार प्रारम्भिक कटअफ मूल्य एक हजार ४२७ रुपैयाँ कायम भएको छ । उक्त सेयरको अन्तिम कटअफ मूल्यमा भने सामान्य फरक आउनसक्ने क्यापिटलले स्पष्ट पारेको छ ।

असाेज १० गते बुधबार कम्पनीकाे सेयर धिताेपत्रकाे दाेस्राे बजारमा एक हजार ५१० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ । कम्पनीकाे कटअफ बजार मूल्यभन्दा साढे पाँच प्रतिशत कम अर्थात ८३ रूपैयाँ थाेरैमा निर्धारण भएकाे हाे ।

लघुवित्त कम्पनीको ९ हजार ७५३ कित्ता सेयरका लागि २२८ वटा आवेदन परेको थियो । प्रारम्भिक नतिजा अनुसार ४३ आवेदकले सेयर प्राप्त गर्ने अवस्था देखिएको छ । लघुवित्तको लिलामी सेयरका लागि अधिकतम एक हजार ५२१ रुपैयाँसम्मको आवेदन परेको थियो । 

उक्त लिलामी बाँडफाँडको नतिजा निष्काशनकर्ता कम्पनीकाे सञ्चालक समितिले स्वीकृत गरेपछि लिलामी सर्कार्ने लगानीकर्ताको डिम्याट खातामा नै पठाइनेछ ।

लघुवित्तले गत असार २७ गतेदेखि साउन २९ गतेसम्म चुक्ता पूँजी बराबर नै अर्थात एक बराबर एक अनुपातमा चार लाख ५० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।  साे हकप्रद सेयरमा अावेदन नपरेकाे ९ हजार ७५३ कित्ता लघुवित्तले बढाबढ मूल्यमा लिलामी खुला गरेकाे थियाे । 

गत बर्षको कमाईबाट कम्पनीले २४ प्रतिशत बोनस सेयर र कर तिर्न १.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । हकप्रद र लिलामी बिक्री पश्चात मिर्मिरेको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ पुग्नेछ । बोनस सेयर लिलामीकाे हकप्रद  सकार्नेले समेत पाउनेछन् ।

गत असार मसान्तसम्ममा मिर्मिरेले ३ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।