साना तथा मझौला कम्पनीको सेयरमूल्यमा उतार चढाव

Sep 26, 2018 Merolagani

बुधबारको बजारमा शिर्ष कमाउने र गुमाउने दुबै शिर्ष १० कम्पनीभित्र साना तथा मझौला कम्पनी रहेका छन् । कूल १७१ कम्पनीको ४५ लाख ९१ हजार ४८ कित्ता शेयर ९१ करोड ४६ लाखमा कारोबार भएको बजारमा कमाउने र गुमाउने दुबैमा साना तथा मझौला कम्पनी परेका हुन् ।

समता माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्किट लागेर एक हजार ३२९ रुपैयाँमा कारोबार बन्द भएको छ । 

त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंक ७.८३, भार्गव ५.५९, गोर्खाज फाइनान्स ३.८१, सांग्रीला डेभलपमेन्ट बैंक ३.७७, वल्ड मर्चेन्ट ३.२३, नविल इक्वीटी फण्ड ३.१३, जनउत्थान ३.०९, सिभिल बैंक २.२३ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा २.०६ प्रतिशतले सुधार आएको छ ।

उता मंगलबार एक प्रतिशत बोनस तथा 6.29 प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक बुधबार उच्च गुमाउने कम्पनीमा परेको छ । बैंकको सेयरमूल्य ५.७८ प्रतिशतले घटेर १३० रुपैयाँमा झरेको छ ।

ङादी ग्रुप पावरको सेयरमूल्य ५.३०, बोर्टलर्स नेपाल ५.५७, रिडी हाईड्रोपावर ३.४४, कैलाश विकास बैंक ३.३१, प्रभु बैंक ३.२३, सर्पोट माइक्रोफाइनान्स ३.१५, सेन्ट्रल फाइनान्स ३.१३, आइसीएफसी फाइनान्स ३.०१, स्वदेशी लघुवित्तको शेयरमूल्य २.९९ प्रतिशतले अवमूल्यन भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।