बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विपद् जोखीमलाई कम गर्दै वित्तीय सुदृढीकरण गर्न चुनौती रहेकोले यस्ता चुनौतिको सामना गर्दै आगामि दिनमा आइपर्ने जोखीम व्यवस्थापन गर्न सम्मेलनले सहयोगि बनेको दाबी गरे ।
यस्तै जलवायु परिवर्तनका कारण हुने प्राकृतिक जोखिमवाट हुन सक्ने क्षतिलाई न्युनीकरण गर्न बीमा अपरिहार्य रहेको सम्मेलनको ठहर छ ।
सम्मेलनमा १८ मुलुकका नियामक निकायका प्रतिनिधि, बीमाविज्ञ तथा सरोकारवाल व्यक्तिहरु सहित ४८० जना सहभागि रहेको आयोजक कमिटिको संयोजाक तथा बीमा समितिको निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए ।
सन् २०२० मा २२ औं सम्मेलन घानामा गर्ने निर्णय गरेको छ । यस्तै सम्मेलनले २ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्ष नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह सहित ९ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा घानाकी एलिजावेथ बान्स डोग्वे र महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिण्टा चयन भएका हुन् ।