सेयर बजारमा साउन यता थपियाे १४ कम्पनीकाे पाँच अर्बको बोनस

Sep 26, 2018 Merolagani

चालू आर्थिक बर्ष सुरु भएयता नेपाल धितोपत्र बोर्डमा पाँच अर्ब १४ करोड ४७ लाख ९५ हजार ६८३ रुपैयाँ बराबरको बोनस रजिष्ट्रेशन भएको छ। असोज १० गते बुधबारसम्ममा १४ सूचीकृत कम्पनीले अंकित मूल्यको आधारमा सो रकमको बोनस दर्ता गरेका हुन् । असाेजमा मात्र दुइ कम्पनीले बोनस रजिष्ट्रेशन गरेका छन् ।

साउन यता आईपिओ, एफपिओ, र हकप्रद बाहेक ५ करोड १३ लाख ४७ हजार ९५६.८३ कित्ता बोनस दर्ता भएको छ । कम्पनीहरुले धितोपत्र बोर्डमा दर्ता गरेका बोनस अघिल्लाे आर्थिक बर्ष २०७३/७४ को नाफाबाट वितरण गरेका थिए । 

दर्ता भएको बोनसमध्ये हिमालयन बैंकको सबैभन्दा धेरै २५ प्रतिशत बराबरको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस रहेको छ भने सबैभन्दा कम सूर्योदय लघुवित्त कम्पनीको १९ प्रतिशत बराबरको ७६ हजार कित्ता बोनस रहेको छ ।

कम्पनीहरुले साधारण सभाबाट पारित गरेको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचीकृत गराउनुअघि नियामक निकाय धितोपत्र बोर्डमा रजिष्ट्रेशन गराउने गर्दछन् ।

पूँजी वृद्धिको दबाबमा धेरै बैंक तथा वित्तीय संस्थाले चार गुणासम्म पूँजी बढाउँदा अधिक आपूर्तिले बजारलाई वियरिस प्रवृतिमा पुर्यायाे । विस्तारै बजारले अहिले भने लय समात्न थालेको छ ।

गत आर्थिक बर्षमा लाभांश घोषणा गरेका सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षमा मिश्रीत (बोनस र नगद दुबै) लाभांश प्रस्ताव गरेका छन् । धेरै कम्पनीले बोनस भन्दा नगद लाभांशलाई जोड दिएका छन् । यसले बजारमा यसअघि देखिएको अधिक आपूर्तिको समस्यालाई केही हदसम्म न्यूनिकरण हुनेछ ।

सबै कम्पनीले बोनस सेयरलाई प्रथामिकता दिएर लाभांश वितरण गर्दा धितोपत्रको दोस्रो बजारमा सेयरको आपूर्ति बढ्ने गर्दछ ।

सेयर बजारमा प्राथामिक निष्काशन, एफपिओ, हकप्रद र बोनसबाट सेयरको आपूर्ति दिन प्रतिदिन बढ्दै गइरहेको छ । तर बजारमा थपिने सेयर संख्याको आधारमा माग सृर्जना गर्न भने सकिएको छैन । यसले गर्दा ठूला कारोबारीहरुले बजारमा कारोबार बढाउँदा मात्र बजार गतिशिल (बुलिस) हुने गरेको छ ।

ठूलो कारोबारी सेयर बजारमा बाहिरिँदा बजार घट्ने गरेको छ । सेयर बजार स्थायीत्व कायम गर्न संस्थागत लगानीकर्ता जसलाई मार्केट मेकरको रुपमा पनि बुझ्ने गरिन्छ उनीहरुलार्इ प्रवेशलाई सहज बनाएर बजारमा भित्र्याउनु आवश्यक छ । जसका लागि नियामक निकाय र सम्बन्धित सरोकारवालले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आधार निमार्ण गर्न ढिला गर्नुहुँदैन । यसले सेयर बजारमा लगानी गर्ने अाम लगानीकर्तालार्इ निराश बन्ने अवस्थामा पुर्याउँदैन जसले सेयर बजारकाे विकास गर्दै पूँजी बजारबाट स्राेत संकलन गरेर देश विकासमा नै टेवा पुग्ने गर्दछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।