बैंकिङ्ग प्रणालीमा ५० अर्ब बढी तरलता, रिभर्स रिपो मार्फत ५ अर्ब खिच्दै राष्ट्र बैंक

Sep 27, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले फेरि तरलता प्रशोचन (बैंकिङ्ग प्रणालीमा धेरै भएको रकम खिच्न) ५ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको हो ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको हो । सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ्ग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७ दिनका लागि असोज १८ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज १८ गते सो रकम फिर्ता पाउनेछन् ।

यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ । बोलकबोलमा परेको आवेदनबाट भारित औषतमा व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जानकारी दिएको छ ।

 

 

बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने सम्भावना हुन्छ । जसले अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरण मार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने गर्छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ५० अर्ब बढी तरलता रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।