आईपिओ बाँडफाँड भएको २ महिना बित्दा समेत किन गराएन पञ्चकन्या हाइड्रोले सूचीकरण ?

Sep 27, 2018 Merolagani

सर्वसाधारणमा सेयर निष्काशन गरेर बाँडफाँड गरेको २ महिना बित्दासम्म पञ्चकन्या माई हाइड्रोको साधारण सेयर किनबेच हुन सकेको छैन । दोस्रो बजारमा कारोबार गराउनका लागि सेयर बाँडफाँड भए पछि छिटो सेयर सूचीकरण हुनुपर्नेमा त्यस्तो नगराई पञ्चकन्याले लगानीकर्तालाई समस्यामा पारेको हो ।

नेपाल धितोपत्र बोर्डले तोकेको सूचीकरणको नयाँ दरका कारण केही समय नेप्सेमा सबै कम्पनीहरुको सूचीकरण हुन सकेको थिएन । त्यसै बेला पञ्चकन्याले पनि सेयर सूचीकरण गराई सक्नु पर्ने थियो । तर प्रकृयागत ढिलासुस्तीको कारण देखाउँदै कम्पनीले सेयर सूचीकरण नगराएको हो ।

तत्कालिन समयमा घट्दो अवस्थामा रहेको बजार अहिले बढ्ने क्रममा छ । कम्पनीले लगानीकर्ताको सम्पत्तीको वेवास्ता गर्दा बढ्दो बजारमा कोही पनि लगानीकर्ताले पञ्चकन्याको सेयर बिक्री गर्न पाईरहेका छैनन् । 

यसले पञ्चकन्या माई हाइड्रो लगानीकर्ताका सम्बन्धमा लापरवाह भएको देखिएको छ । कम्पनीले गत जुलाई २७ तारिखका दिन सेयर बाँडफाँड गरेको थियो । 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको थियो । यस सम्बन्धमा क्यापिटलका एक अधिकारीले केन्द्रीय निक्षेप प्रणालीले राखेका शर्तका कारण सेयर सूचीकरणमा ढिलाई भएको बताए ।

नेप्सेमा सेयर सूचीकरण अबरुद्ध भए पछि सिडिएससीले वित्तीय विबरण हेरेर मात्र पञ्चकन्याको सेयर सूचीकरणको प्रकृया अघि बढाउने शर्त राख्दा ढिलाई भएको उनको भनाई छ । अहिले सबै प्रकृया पुरा भएको भन्दै उनले केही दिनमा नै सेयर सूचीकरण हुने बताए ।

 

यद्यपी लगानीकर्ताले गरेको लगानी महिनौंसम्म बिनाकुनै आधार बन्धक हुँदा नियामक निकाय भने मौन बसेको छ । यसले आम लगानीकर्ताहरु नियामक निकाय तथा सूचीकृत कम्पनीहरुप्रति सकारात्मक हुन नसक्ने अवस्थालाई उजागर गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।