आईसिएफसि फाइनान्सको प्रमुख कार्यकारीमा सुनिल पन्त

Sep 27, 2018 Merolagani

आईसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्त नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिले पन्तलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

फाइनान्स सञ्चालक समितिको असोज ८ गतेको बैठकले पन्तलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । पन्तले यही असोज २५ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

२५ वर्ष देखि बैंकिंग व्यवसायमा आबद्ध रहँदै आएका पन्त यस अघि २ वटा वाणिज्य बैंकहरुमा समेत आबद्ध भैसकेका छन् । पछिल्लो समय उनी आईसिएफसि फाइनान्समा नायब प्रमुख कार्यकारी अधिकृतको भुमिकामा कार्यरत थिए । वित्तीय संस्था व्यवस्थापनमा अनुभवी पन्तले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।