महालक्ष्मी र गरिमा विकास बैंकको लाभांश बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउने

Sep 27, 2018 Merolagani

महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् । साधारण सभा र लाभांश वितरणका प्रयोजनका लागि गरिमाले असोज १२ गते शुक्रबारदेखि र महालक्ष्मीले असोज १४ गते आइतबारदेखि शेयरधनी किताब बन्द गर्देछन् ।

यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने  शेयरधनीले मात्र लाभांश पाउने भएकाले दुबै बैंकको लाभांश असोज ११ गते बिहीबारसम्म कायम रहेका मात्र पाउनेछन् । साधारण सभामा पनि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले सहभागिता जनाउन सक्नेछन् ।

महालक्ष्मी विकास बैंक (MLBL) ले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरणका लागि असोज २६ गते १७ अाैं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवनमा बिहान ११ बजे सभा डाकेकाे हाे।

बैंकको साधारण सभाले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबरको बोनस र १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ नगद लाभांशका वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनसपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । बैंकको सेयरमूल्य असोज ११ गते बिहीबार प्रतिकित्ता २०६ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

त्यसैगरि गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद गरी कूल १३.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न बैंकले असोज २६ होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे १२ अाैं साधारण सभा आह्वान गरेको छ ।

बैंकको सभाले २५ करोड ३४ लाख ८८ हजार रुपैयाँको बोनस तथा ९ करोड ५० लाख ५८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरि अन्य संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार सञ्चालक समिति प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ ।

बोनस पश्चात गरिमाको चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ । बैंकको सेयरमूल्य असोज ११ गते बिहीबार प्रतिकित्ता २०८ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।