जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुबिधा

Sep 27, 2018 Merolagani

जनता बैंक नेपाल (JBNL) ले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ । सूचना प्रविधि मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यले अनलाइन खाता खोल्ने सुबिधा थप गरेको बैंकले जनाएको छ ।

जनता बैंकको बेभ साइट लग अन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट जनता बैंकको देश भरी रहेका १२३ ओटै शाखामा खाता खोल्न सकिने बैंकको भनाई छ । 

यस सुविधाबाट देशको कुनै पनि भौगोलिक दुरीमा अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै जनता बैंकको सेवा प्राप्त गर्न सक्ने विश्वास बैंकको छ ।

यो सेवा हाल व्यक्तिगत खाता खोल्नको लागि मात्र प्रयोग गर्न सकिने छ । अनलाइनबाट खाता खोले पश्चात ग्राहकको खाता नं. र आवश्यक जानकारी ब्यक्तिगत इमेलमा पठाइने बैंकले बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस विधिबाट खोलिएको खातामा प्रचलित कानुन बमोजिम तुरुन्तै कारोवार संचालन गर्न सकिने छ भने चेक प्राप्त गर्न तथा खाताबाट रकम ट्रान्सफर गर्नको लागि एक पटक ग्राहकले सम्बन्धित शाखामा सम्पर्क गरी फाराममा हस्ताक्षर गर्नु पर्ने बैंकले जानकारी दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।