पञ्चकन्या माई हाइड्रोपावर ७ करोड २३ लाख रुपैयाँ नोक्सानीमा

Sep 27, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर कम्पनी (PMHL) ले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ७ करोड २३ लाख १४ हजार रुपैयाँ नोक्सानी व्यवहोरेको वित्तीय विबरण बिहीबार सर्वाजनिक गरेको छ । अघिल्लो बर्ष कम्पनीले एक करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड ४८ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो बर्ष कम्पनीको यस्तो आम्दानी २२ करोड २६ लाख ४६ हजार रुपैयाँ रहेको छ । 

पञ्चकन्या माईको प्रशासनिक खर्चमा उल्लेख्य वृद्धिले नाफा घटेको हो । गत बर्षमा कम्पनीले ४२ करोड ५६ लाख रुपैयाँ यो शिर्षकमा खर्च गरेको छ जबकी अघिल्लो बर्ष कम्पनीले २२ करोड ४४ लाख रूपैयाँ मात्र  खर्च गरेको थियो । समिक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च झण्डै दोब्बर बढेको हो ।

यस्तै कम्पनीको पावर प्लान्टको खर्च समेत एक करोड १९ लाखबाट बढेर २ करोड १७ लाख रुपैयाँमा बढेको छ । जसले कम्पनीको नोक्सानी बढेको छ ।

यस्तै ब्याज तथा प्रशासनिक खर्च समेत बढेर ४२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिमा २२ करोड ४४ लाख रुपैयाँबाट रहेको थियो ।

कम्पनीले एक अर्ब ९७ करोड रुपैयाँ बराबरको कर्जा लिएको कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ बराबरको निक्षेप रहेको छ ।

साधारण शेयर जारी पश्चात कम्पनीको शेयर पूँजी ९९ करोड ५५ लाख रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा ५ करोड ३ लाख ४८ हजार रुपैयाँ ऋणाात्मक छ । अघिल्लो बर्ष कम्पनी दुई करोड १९ लाख ६५ हजार रुपैयाँले धनात्मक रहेको थियो ।

यस हाइड्रोले २०७४ माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि ११ लाख कित्ता र सर्वसाधारणका लागि गत साउन १ गतेदेखि ४ गतेसम्म शेयर ११ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यो आईपीओ अझ नेप्सेमा सूचीकृत गरिसकेको छैन ।

आईपिओ बाँडफाँड भएको २ महिना बित्दा समेत किन गराएन पञ्चकन्या हाइड्रोले सूचीकरण ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।