तीन कम्पनीले नगद लाभांश वितरण गर्न शेयरधनीलाई यस्तो गरे आग्रह

Sep 27, 2018 Merolagani

तीन कम्पनीले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट वितरण गरेका नगद लाभांश वितरणका लागि शेयरधनीलाई हितग्राही (डिम्याट) खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउन सूचना जारी गरेका छन् । विभिन्न कारणबाट नगद लाभांश पठाउन नसकिएका शेयरधनीलार्इ कम्पनीहरूले साे अाग्रह गरेका हुन् ।

महुली, आरएमडीसी र नेरुडे लघुवित्तले हालसम्म आर्थिक बर्ष २०७३/७४ को नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीलाई नगद लाभांश वितरणका लागि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्न आग्रह गरेका हुन् ।

यसअघि नै हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीलाई भने नगद लाभांश वितरण गरिसकेको ती कम्पनीहरूले जनाएका छन् । 

आर्थिक बर्ष २०७३/७४ को नाफाबाट महुली सामुदायिक लघुवित्त (MSLB) ले ५० प्रतिशत बोनस र बोनश शेयरमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आरएमडीसी (RMDC) ले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई पाँच प्रतिशत बोनस र बोनसमा लाग्ने कर रकमसहित १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेरुडे लघुवित्त (NLBBL) ले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस र ७.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंक खाता अद्यावधिक गरेका शेयरधनीको बैंक खातामा नै सम्बन्धित कम्पनीले क्रमश नगद लाभांश पठाउने जनाएका छन् । हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीले नगद लाभांश प्राप्त गर्न अद्यावधिक गराउनुपर्ने हुन्छ ।

धितोपत्र बोर्डले अभौतिक शेयरको कारोबारसँगै शेयरधनीले प्राप्त गर्ने लाभांश (बोनस र नगद) दुबै सम्बन्धित शेयरधनीको खातामा नै पठाएन निर्देशन दिएपश्चात कम्पनीहरुले शेयरधनीलाई उनीहरुकै खातामा लाभांश पठाउँदै आएका छन् । 

शेयरधनीले खातमा नै बाेनस प्राप्त गर्न अाफुसँग रहेकाे शेयर डिम्याट गराउनुपर्ने हुन्छ भने नगद लाभांश पाउन डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउनुपर्छ ।

डिम्याट नगरि कागजी रूपमा नै शेयर राख्ने तथा डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराउने शेयरधनीहरू लाभांश प्राप्त गर्न सधैं पछाडि पर्ने गरेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।