सिद्धार्थ इन्स्योरेन्सको हकप्रदमा नबिकेको शेयर असोज १९ देखि लिलामीमा आउने

Sep 28, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले हकप्रदमा बिक्री नभएको ३७ हजार २१६ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामी गर्ने भएको हो ।

कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता बिक्री हुन सकेन ।

लिलामीको शेयरमा  असोज १९ देखि २६ गतेसम्म पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

लिलामीको शेयरमा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइनेछ। न्युनतम १०० रुपैयाँदेखि बोलकबोल गर्न पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६८८ रुपैयाँमा कारोबार भएको थियो ।

हकप्रद शेयर सकारेसँगै कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । जसका लागि कम्पनीले गतबर्षको कमाईबाट बोनस वितरण गरेर पूँजी जुटाउन सक्नेछ ।

 

comments powered by Disqus

लिलामीकाे शेयर सस्तोमै उठाउने अवसर,चार कम्पनीले झण्डै एक कराेड कित्ता लिलामी गर्ने

Dec 19, 2018

पुस महिनामा हकप्रदमा अवितरित संस्थापक र साधारण शेयर गरि कूल ९७ लाख ७६ हजार ६३३ कित्ता शेयर बिक्रीमा ल्याउने सूचना कम्पनीहरूले प्रकाशन गरिसकेका छन्। एनसीसी बैंक सहित चार कम्पनीले बोलकबाेल प्रकृयाबाट लिलाम बढाबढमा साे शेयर बिक्री गर्न लागेका हुन् ।