निर्धन उत्थानको लाभांश घट्यो,२० लाख कित्ता बोनस प्रस्ताव

Sep 28, 2018 Merolagani

शेयर बजारमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको निर्धन उत्थान लघुवित्त (NUBL) ले लाभांश घटाएको छ । अघिल्लो बर्षको भन्दा गत बर्ष दुई करोड ४१ लाख रुपैयाँले कम नाफा गरेको कम्पनीले लाभांश समेत उच्च दरले घटाएको छ ।

  असोज ११ गते बिहीबार बसेको कम्पनी संचालक समितिको बैठकले ४२.११ अर्थात लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश अघिल्लो बर्षको तुलनामा उच्च दरले घटेको छ । अघिल्लो बर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस तथा १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

एक अर्ब चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी एक अर्ब २० करोड पुग्नेछ ।

गत बर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तको प्रति सेयर आम्दानी ५५ रुपैयाँ ९२ पैसा छ । मुल्य आम्दानी १८.३१ गुणा छ भने प्रति सेयर नेटवर्थ २२५ रुपैयाँ १० पैसा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।