महालक्ष्मी विकास बैंकको शेयरमूल्य १९१ रुपैयाँमा समायोजन

Sep 30, 2018 Merolagani

महालक्ष्मी विकास बैंक (MLBL) को आइतबार नेप्सेमा शेयरमुल्य समायोजन भएको छ । गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ८ प्रतिशत बोनसपछि बैंकको शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनसपछि प्रतिकित्ता शेयरमूल्य १९१ रुपैयाँ ६७ पैसा निर्धारण गरेको छ । समायोजन भएको यहि मूल्यका आधारमा आइतबार बैंकको सेयर कारोबार सुचारु हुनेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधारमूल्य १४५ रुपैयाँ ८३ पैसा कायम भएको छ । 

बैंक सञ्चालक समितिको  भदौ ११ गते सम्पन्न बैंठकले शेयरधनीहरुलाई गत बर्षको कमाईबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस तथा ७ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

महालक्ष्मीले लाभांश वितरणका लागि असोज २६ गते १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवनमा बिहान ११ बजे सभा डाकेको हो।

बैंकको साधारण सभाले २१ करोड ७ लाख ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबरको बोनस र १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ नगद लाभांशका वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनसपछि महालक्ष्मीको चुक्ता पुँजी २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्नेछ । बैंकको साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।