वोमी माइक्रोफाइनान्सको बुकक्लोज निर्धारण

Sep 30, 2018 Merolagani

वोमी माइक्रोफाइनान्स (WOMI) ले लाभांश वितरण प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १२ गते बसेको बैठकले कार्तिक ४ गतेदेखि शेयरधनी दर्ता खारेजी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।

साे बैठकले लघुवित्तकाे  सातौं बर्षिक साधारण सभा कार्तिक १७ गते गर्ने निर्णय समेत गरेको छ ।

साधारण सभाका लागि लघुवित्तले  कार्तिक ४ गतेदेखि सभा हुने मिति कार्तिक १७ गतेसम्म  बुकक्लाेज गर्ने  भएअनुसार असोज २९ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् । बुकक्लोजको अघिल्लो काराेबार दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने गर्दछन् । 

वोमीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यसअनुसार कम्पनीले २ करोड ५२ लाख ७२ हजार बराबरको नगद लाभांश वितरण गर्नेछ ।

लघुवित्तकाे लाभांश भदाै अन्तिम साता नै नेपाल राष्ट्र बैंकले स्वीकृत भर्इसकेको छ । अब साधारण सभाबाट अनुमोदन गराएपश्चात बुकक्लोजको अघिल्लो दिनसम्म कायमर शेयरधनीलाई लाभांश वितरण हुनेछ ।

दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ६ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ। माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा रहेको छ । लघुवित्तकाे शेयरमूल्य असाेज १४ गते अाइतबार एक हजार १४४ रूपैयाँ हाराहारीमा काराेबार भएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।