हकप्रद माथि हकप्रद बेचेको आरएसडीसीले घटाएर प्रस्ताव गर्यो लाभांश

Sep 30, 2018 Merolagani

हकप्रद माथि हकप्रद बिक्री गरेर पूँजी बढाएको आरएसडीसी लघुवित्त (RSDC) ले अघिल्लो बर्षको तुलनामा लाभांश घटाएर प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद गरी कूल दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

# अघिल्लो बर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

असोज १३ गते बसेको कम्पनी संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

केही समय अघि ६० प्रतिशत हकप्रद बिक्री गरेको कम्पनीले हकप्रदपछि कायम ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त लाभांश दिन लागेको हो।

बोनसपछि कम्पनीको चुक्ता पुँजी ६० करोड ४७ लाख १६ हजार रुपैयाँ पुग्नेछ । ६० प्रतिशत हकप्रद बिक्री गर्नुअघि कम्पनीले दुई सय प्रतिशत हकप्रद बेचेको थियो ।

 

राष्ट्र बैंकको निर्देअनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्तको न्यूनतम ६० करोड चुक्ता पूँजी कायम हुनुपर्नेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ३ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।