रिडी हाइड्रोको साधारण सभा असोज २० मा, शतप्रतिशत हकप्रद र सोलार आयोजनाका ऋण स्वीकृत गर्ने

Sep 30, 2018 Merolagani

रिडी हाइड्रोपावर कम्पनी (RHPC) ले चुक्ता पूँजी बढाउन शेयरधनीलाई एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएको छ । कम्पनीले प्रस्तावित ६ प्रतिशत बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव १७ औं बार्षिक साधारण सभामा गरेको छ ।

रिडीले बोनस तथा हकप्रद प्रस्ताव पारित गर्न असोज २० गते इन्द्रणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको छ ।

रिडी हाइड्रोपावरको भदौ २६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७४/७५ काे लाभांश घाेषणा गरेकाे थियाे । 

बैठकले  खुद नाफा तथा सञ्चित जगेडा कोषबाट शेयरधनीलाई ६ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

रिडीले साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुकक्लोज गरेको थियाे । यसअनुसार असोज ४ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित ६ प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को बोनस बाँडफाँड पश्चात कायम हुने चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्ड लगायत अन्य संस्थाहरुसँग समन्वय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षणको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ ।

साधारणसभामा कम्पनीले कम्पनीले निर्माण गर्न लागेको ८.५ मेगावाट बुटवल सोलार आयोजनाका लागि परियोजना ऋण स्वीकृत गर्ने, ५ जना सञ्चालकको चयन गर्ने समेत तयारी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड १० लाख ५५ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ११ लाख पुग्नेछ भने शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड नाघ्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।