पछिल्लो तीन महिनादेखि फण्डको प्रति इकाई खुद मूल्यमा निरन्तर सुधार देखिएको छ । गत जेठमा १० रुपैयाँ १० पैसा रहेको प्रति इकाई खुद मूल्य असारमा १० रुपैयाँ १५ पैसा, साउनमा १० रुपैयाँ २३ पैसा र भदौमा १० रुपैयाँ ३८ पैसा कायम भएको छ ।
इक्वीटी फण्डले भदौ महिनामा ३ करोड ५९ लाख २७ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । साउनमा महिनामा एक करोड ३२ लाख ७५ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । भदौमा साउनकोे भन्दा २ करोड २६ लाख रुपैयाँले धेरै हो । फण्डले भदौमा ५७ लाख ३६ हजार खर्च गरेको छ ।
फण्डले सूचीकृत ४५ वटा कम्पनीहरुमा ३७ करोड ६९ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । त्यस्तै, सार्वजनिक निष्काशन, हकप्रद, बोनस सेयरमा एक करोड ८७ लाख रुपैयाँ, बैंककोे मुद्दती निक्षेपमा २६ करोड गरी कुल ६५ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । फण्डको बैंक मौज्दातमा ६६ करोड ३७ रुपैयाँ बचत छ ।