महुली लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डबाट पायो अनुमति

Oct 01, 2018 Merolagani

महुली सामुदायीक लघुवित्त (MSLB) ले धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति पाएको छ । लघुवित्तको यस अघि सम्पन्न साधारण सभाले पारित गरे अनुसार २ः१ अनुपातले हुने ३ लाख कित्ता हकप्रद निष्काशन गर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । उल्लेखित हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड रुपैयाँ हुनेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ ।

गत बर्ष लघुवित्तले एक करोड ४७ लाख खुद नाफा गरेर प्रतिशेयर आम्दानी २४.६३ रुपैयाँ कायम गरेको छ ।

असार मसान्तसम्म ७१ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ५५ करोड रुपैयाँ कर्जा दिएको छ । लघुवित्तले ७३ करोड ३९ लाख सापट लिएको छ ।

लघुवित्तको खराब कर्जा अनुपात १.८३ प्रतिशत, प्रतिशेयर आम्दानी २४.६३ रुपैया। प्रतिशेयर नेटवर्थ ३१५.१९ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।