लगानीकर्ता सप्ताह शुरु, बोर्ड अध्यक्ष भन्छन् - 'पूँजी बजारको विकास बिना मुलुकको विकास असम्भव'

Oct 01, 2018 Merolagani

सर्वसाधारणलाई शेयर बजारमा प्रवेश गराउन सचेतना जगाउन आजदेखि नेपालमा पनि विश्व लगानीकर्ता सप्ताह सुरु भएको छ । सप्ताहको शुभारम्भमा आयोजित प्रभात फेरिमा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजार विकासको नयाँ सुरुवात भएको बताए ।

अध्यक्ष कार्कीले पूँजी बजार आर्थिक विकासको आधार भएको उल्लेख गर्दे पूँजी बजारको विकास बिना मुलुकको विकास असम्भव रहेको उल्लेख गरेका छन् ।

'लगानी सप्ताहले पूँजी बजार विकास र विस्तारको लागि विगुल फुकेको छ । अब पूँजी बजारसम्बन्धी विभिन्न जानकारी सर्वसाधारणमा प्रवाह गर्दै लगानीकर्ताको सशक्तिकरण र बजार विस्तारमा लाग्नुपर्छ ।' अध्यक्ष कार्कीले भने । 

 

आम सर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न लगानीकर्ता सप्ताह महत्वपूर्ण हुने कार्कीको भनाई छ।

लगानीकर्ता सप्ताहको शुभारम्ममा देखिएको उत्साहपूर्ण सहभागिताले पूँजी बजार विकासमा नयाँ उत्साह देखिएको उनले बताए ।

नेपाल धितोपत्र बोर्डको आयोजनामा सोमबार सम्पन्न प्रभात फेरिमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकर, ब्रोकर तथा लगानीकर्ताहरुको सहभागिता रहेको थियो। विश्व लगानीकर्ता सप्ताहको सन्दर्भमा बोर्डले यहि असोज १५ देखी २१ गतेसम्म विभिन्न कार्यक्रम गरी लगानीकर्ता सप्ताह सञ्चालन गर्न लागेको हो ।

 

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको एशोसिएट सदस्य भएपश्चात बोर्डले सन् २०१६ देखि उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएको छ ।

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।