अनलाइन प्रणालीमा क्लोज आउटको समस्याबाट बच्न मोक ट्रेडिङ्ग अपरिहार्य

Oct 01, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी प्रमुख चन्द्र सिंह साउदले मोक ट्रेडिङ्ग गरेर कारोबारमा अभ्यस्त हुन लगानीकर्तालाई आग्रह गरेका छन् । पूर्ण अनलाईन कारोबार सुरु भएपछि क्लोज आउटको समस्याबाट बच्नका लागि लगानीकर्तालाई मोक ट्रेडिङ्गमा सहभागि हुन साउदले आग्रह गरेका हुन् ।

विश्व लगानीकर्ता सप्ताहको प्रभात फेरीमा बोल्दै नेप्से प्रमुख साउदले पूर्ण अनलाईन कारोबार सुरु भए पछि अनलाइन चलाउन नजान्दा क्लोजआउटको सम्भावना बढी हुने बताए ।

यसबाट बच्नका लागि लगानीकर्तालाई अहिले नेप्सेले सञ्चालन गरिरहेको मोकट्रेडिङमा नियमित रुपमा सेयर कारोबार गर्न आग्रह गरेका हुन् । मोक कारोबारमा अभ्यस्त भए पछि मात्र अनलाइन कारोबार गर्दा लगानीकर्ताले अनावश्यक समस्या झेल्नु नपर्ने उनको भनाई थियो ।

नेप्सेले असोज २ गते देखि मोक कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । साथै अनलाइन कारोबार प्रणालीमा आबद्ध नभएका लगानीकर्तालाई युजर तथा पासवर्ड लिन पनि उनले आग्रह गरेका छन् । ‘मोक कारोबारमा अभ्यस्त भए क्लोज आउट जस्ता समस्या कम हुने छ ।’ साउदले भने । ‘अनलाईन ट्रेडिङलाई पनि विश्व लगानीकर्ता सप्ताह सँगै जोडने छ ।’

अपेक्षित रुपमा मोक ट्रेडिङमा लगानीकर्ता सहभागि हुन सकिरहेका छैनन् । अहिलेको प्रणालीमा पनि सेयर कारोबार गर्ने सकिने भएकाले मोक कारोबारमा लगानीकर्ताको आकर्षण नदेखिएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।