शाइन रेसुङ्गाको बोनसपछि शेयरमूल्य समायोजन

Oct 02, 2018 Merolagani

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक(SHINE) को मंगलबार शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १७.७० प्रतिशत बोनस पश्चात नेप्सेमा शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शाइन रेसुङ्गाको १७.७० प्रतिशत बोनसपछि प्रतिकित्ता २४६ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ । 

समायोजित शेयरमूल्यलाई आधार मानेर मंगलबार बैंकको शेयर कारोबार सूचारू हुनेछ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा बैंकको औसत आधार मूल्य २८३ रुपैयाँ १४ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बोनस पारित गर्न फाइनान्सले असोज २८ गते अम्रकाली कटेज एन्ड रेष्टुरेन्ट बुटवलमा बिहान साढे १० बजे साधारण सभा आह्वान गरेको छ । उक्त्त सभाले २४ करोड ४० लाख ४९ हजार ८६० रुपैयाँको बोनस शेयर तथा एक करोड २८ लाख ४४ हजार ७२९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि अन्य संस्थासँग मर्जर तथा एक्विजिसनका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पूर्ण अधिकार सञ्चालक समिति प्रदान गर्ने मुख्य एजेण्डा साधारण सभामा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।