नेपाल स्टक एक्सचेञ्जले २२ प्रतिशत बोनसपछि जानकी फाइनान्सको प्रतिकित्ता शेयरमूल्य १८० रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।
मंगलबार फाइनान्सको शेयर काराेबार समायोजित मूल्यलाई नै आधार मानेर खुला हुनेछ ।फाइनान्सको नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा कम्पनीको औसत आधारमूल्य २०७ रुपैयाँ ६६ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
बोनस पारित गर्न जानकी फाइनान्सले असोज २९ गते होटल रामा प्रालि.जनकपुर धाममा बिहान ९ बजे २२ अाैं बार्षिक साधारण सभा आह्वान गरेको छ । बोनस पश्चात फाइनान्सको चुक्ता पूँजी ४९ करोड २१ लाख रुपैयाँ पुग्नेछ ।