कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम

Oct 03, 2018 RSS

कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा स्वास्थ्य क्षेत्रमा  ३१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य राखेको छ ।

पाँच जना सदस्य रहेको परिवारले वर्षको दुई हजार ५०० रुपैयाँ  प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ ।

पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप ४५० रुपैयाँ बढी तिरेर बीमा सदस्य बनेर ५० हजार रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ ।

चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा शुरु भएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक जनक साउदले बताए ।

सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बीमा कार्यक्रम लागू भइसकेको छ ।

स्वास्थ्य बीमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिन लागेको संयोजक साउदले बताए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।