मेरो माइक्रोफाइनान्सको बोनसपछि शेयरमूल्य समायोजन

Oct 03, 2018 Merolagani

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड(MERO) को शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस पश्चात नेप्सेमा बुधबार शेयरमूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मेरो माइक्रोफाइनान्सको १५ प्रतिशत बोनसपछि प्रतिकित्ता शेयरमूल्य एक हजार १४१ रुपैयाँ ७४ पैसामा समायोजन भएको छ । 

समायोजित शेयरमूल्यलाई आधार मानेर मंगलबार माइक्रोफाइनान्सको नेप्सेको बुधबार शेयर कारोबार सूचारू हुनेछ । 

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा माइक्रोफाइनान्सको औसत आधार मूल्य एक हजार ८६ रुपैयाँ ८७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

माइक्रोफाइनान्सले गत आर्थिक बर्षको लाभांश वितरण तथा साधारण सभाका लागि असोज १७ गते बुधबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको हो । यसअनुसार मंगलबारसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउनेछन् । बुकक्लोजपछि शेयर खरिद गर्ने लगानीकर्ताहरु लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन पाउँदैनन् ।

मेरो माइक्रोफाइनान्सले कात्तिक ९ गते छैटौं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत बर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरणका लागि अनुमोदन गर्नेछ ।

साधारण सभाबाट कम्पनीले बोनस पश्चात कायम हुने पूँजी बराबर नै (शतप्रतिशत) हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गर्नेछ । लघुवित्तको सेवालाई अझ सबल र सक्षम रुपमा विस्तार थप पूँजी आवश्यक पर्ने भएकाले हकप्रद निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजी ३२ करोड ८९ लाख बराबरको हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । यस हकप्रद पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।