'पूँजी बजारलाई जिवन्त बनाउने काम लगानीकर्ताको हो' :अध्यक्ष धितोपत्र बोर्ड

Oct 03, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले धितोपत्र बजारलाई चलायमान बनाउने काम लगानीकर्ताको भएको बताएका छन् । विश्व लगानीकर्ता सप्ताह मनाईरहेको बोर्डले आफ्नो नयाँ वेबसाइट तथा विभिन्न प्रकाशनहरु सार्वजनिक गर्ने क्रममा अध्यक्ष कार्कीले नयाँ लगानीकर्तालाई बजार भित्र्याउने बोर्डको प्रमुख उद्देश्य भएको बताए ।

लगनाीकर्ता बिना पूँजी बजार अपूर्ण रहने उल्लेख गर्दै अध्यक्ष कार्कीले बजारलाई जिवन्त बनाउने काम लगानीकर्ताको भएको बताए ।

बाेर्ड अध्यक्ष कार्कीले लगानीकर्तालाई विवेकशील तरीकाले बजारमा लगानी गर्न समेत सुझाए । लगानीकर्तालाई सूचित गराउने र पूँजी बजारमा विदेशी लगानी  भित्र्याउने काम बोर्डको भएको उनको भनाई थियो ।

'पूँजी बजारको विकास विना आर्थिक समृद्धि सम्भव छैन । नेपालको पूँजी बजार सुधार र आधुनिकिरणको चरणमा रहेको बताउँदै उनले पूँजी बजारलाई प्रादेशिक र जिल्लागत रुपमा विस्तार गर्नुपर्छ । यसमा बोर्डले मात्रै नभई सबै सरोकारवाला निकायको साथ र सहयोग आवश्यकता छ । बजार विकास र विस्तारका लागि सबैको उत्तिकै दायित्व छ ।' उनले भने ।

साथै बाेर्ड अध्यक्ष कार्कीले पूँजीबजारलाई संघीय संरचनामा लैजान यसैबर्षभित्र प्रदेश नं १ मा बोर्डको प्रादेशिक कार्यालयको स्थापना गर्ने जानकारी दिए ।

केन्द्रमा सीमित रहेको पूँजी बजारलाई संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा पुर्याएर लगानीकर्तालाई पूँजीबजारमा भित्र्याउने बोर्डको उद्देश्य रहेको प्रष्ट पारे ।

वित्तीय स्थायीत्वका लागि धितोपत्रको मात्र नभई अन्य क्षेत्रको पनि रेटिङ्ग आवश्यक रहेको उनकाे धारणा थियाे । साथै उनले सरोकारवाला मात्र नभई नियामक निकायहरु पनि पारदर्शी हुनुपर्नेमा जोड दिए । सबै इमान्दार भएर लागेमा नेपालको पूँजी बजार अर्को चरणमा प्रवेश गर्न समय नलाग्ने बाेर्ड अध्यक्ष कार्कीको भनाई थियो ।

साथै उनले ब्रोकर मार्फत नै मार्जिन ल्याण्डिङ्ग सेवा उपलब्ध गराउने काम अन्तिम चरणमा रहेको जानकारी दिँदै धितोपत्र बजारलाई थप उर्जा मिल्ने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।