राष्ट्र बैंकले ल्यायो सुनचाँदी, टकमरी बिक्री व्यस्थित गर्ने कार्यबिधि

Oct 03, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ सार्वजनीक गरेको छ । राष्ट्र बैंकले टक्सार महाशाखाबाट गर्ने सुनचाँदी तथा अन्य धातुको खरिद, चलनचल्तीको सिक्का बाहेकको अन्य टकमरी र बिक्री गर्ने कार्यलाई व्यवस्थित गर्न कार्यविधि लागू गरिएको जनाएको छ ।

कार्यबिधिमा सुन चाँदी अन्य धातु खरिद गर्ने, स्मारिका सिक्का टकमरी गरी बिक्री गर्ने मेडालियन टकमरी गरी बिक्री गर्ने लगायतका व्यवस्था गरिएको छ ।

त्यस्तै कार्यविधिमा असर्फी टकमरी गरी बिक्री गर्ने, कच्चा सुन वा चाँदी सोझै बिक्री गर्ने पदक टकमरी गरी उपलब्ध गराउने कार्यलाई व्यवस्थीत गरिएको छ ।

त्यस्तै यस कार्यविधिमासुनचाँदी खरिद, टकमरी तथा बिक्री गर्दा प्रयोग हुने धातुर सोको गुणस्तर निर्धारण गरिएको छ । साथै कार्यबिधिमा टकमरी सिफारिस समिति, समितिको काम, कर्तव्य र अधिकार लगायतका १६ बुदे व्यवस्था गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।