भार्गव विकास बैंकको बोनस सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Oct 04, 2018 Merolagani

भार्गव विकास बैंक (BHBL) काे  बोनस सुरक्षित गर्ने असोज १८ गते विहीबार अन्तिम दिन रहेको छ ।  बैंक सञ्चालक समितिकाे बैंठकले गत आर्थिक बर्षको नाफाबाट  ५.५५ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

बैंकले बोनस वितरण तथा साधारण सभाका लागि शुक्रबारदेखि बुकक्लोज गर्ने भएकाले विहीबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् । बैंककाे शेयरमूल्य विहीबार प्रतिकित्ता १५९ रूपैयाँ हाराहारीमा रहेकाे छ ।

भार्गवले असोज २७ गते होटल किचेन हट नेपालगञ्जमा बिहान ११ बजे दशाैं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

बैंकको साधारण सभाले बोनसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावमा छलफल गरि पारित गर्दैछ ।

४० करोड ८४ लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको भार्गवको बोनस पश्चात ४३ करोड ४८ लाख २९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

भार्गव विकास बैंक पनि मर्ज/प्राप्तीको बाटोमा,बोनस बाँड्न डाक्यो साधारण सभा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।