सेयर बजारको छिनछिनको तिब्र उतारचढावले लगानीकर्ता अन्यौलमा

Oct 04, 2018 Merolagani

आफूले किनेको वा किन्न खोजेको सेयरमूल्य छिनभरमा धेरै मूल्य अन्तरमा कारोबार हुन थालेपछि लगानीकर्ता अन्यौलमा परेका छन्। यद्यपी कारोबार रकमले बजारलाई अझै पनि आशालाग्दो टेवा प्रदान गरिरहेको छ। विहीबार सेयर बजार अस्वभाविक उतार-चढावका बीच ३.२३ अंकले तल ओर्लिएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले हल्लाखोरहरुले छिनमा बजार उचाल्छन् अनि छिनमा ओराल्छन् भनी एउटा टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिको सार विहीबारको बजारमा पनि देखिएको छ । सेयर किन्न अनि बेच्न तल्लिन सीमित व्यक्ति तथा समूहले केही दिनको अन्तरमा मात्र नभई एक कारोबार दिनमा नै हल्लाखोर प्रवत्तिबाट बजारमा अस्वभाविक उतार चढाव निम्त्याउने गरेका छन् ।

...[शेयर लगानीकर्तालाई अर्थमन्त्रीको सुझाब - 'हल्लाखोरहरुसँग शतर्क हुनुहोस्']...

विहीबारको यस्तै श्रृंखलाले लगानीकर्तालाई सेयर कारोबारको निर्णय तत्काल गर्न नसक्ने अवस्थामा पुर्याएको छ । यद्यपी कारोबार रकमको आकारले भने बजारप्रति निराश बन्नुपर्ने अवस्था नरहेको देखिन्छ ।

विहीबार बजार खुलेपछि तिब्र गतिमा ओरालो लागेर केही बेरपछि फेरी तिब्र गतिमा उकालो लागेको थियो । सुधारको क्रम केही बेर पनि टिक्न नसकेर फेरी उस्तै गतिमा तल झरेको बजार ३.२३ अंकको गिरावटमा बन्द भएको हो । योसँगै बजार परिसूचक नेप्से १२२७.३७ अंकमा ओर्लिएको छ ।

१६५ कम्पनीका १५ लाख ८२ हजार ५५ कित्ता शेयरहरु ५ हजार ४४० कारोबारबाट ४२ करोड ८६ लाख ४४ हजार ६०६ रुपैयाँमा किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५ करोडले बढेको हो । यसले बजारलाई अझै टेवा प्रदान गरिरहेको छ । बिक्री चाप धेरै आउँदा खरिद चाप पनि सन्तुलित अवस्थामा रहेको देखिन्छ ।

विहीबार अधिकांश समूहगत परिसूचकहरुमा गिरावट आएको छ । व्यापार, वित्त र जीवन बीमा समुह झिनो अंकले सुधार भएको बजारमा अरु सबै समुह ओरालो लागेका छन् ।

वाणिज्य बैंकहरुको सेयरमा विहीबार धेरै कारोबार चाप देखिएको छ । कारोबार रकमका आधारमा शिर्ष १० कम्पनी मध्ये ९ वटा वाणिज्य बैंक छन् भने एउटा जीवन बीमा कम्पनी परेको छ । यसमा एनएमबी बैंक पहिलो स्थानमा छ भने माछापुछ्रे, प्रभु, एनआईसी एशिया तथा नेपाल बैंक लगायतले एनएमबिलाई पछ्याएका छन् ।

विहीबार धेरै सेयरमूल्य घट्ने तथा बढ्ने कम्पनीको सूचीमा साना तथा मझौला कम्पनी परेका छन् । यस्ता कम्पनीको सेयर संख्या थोरै हुने भएकाले चलखेल गर्नेहरुले योजनाबद्ध रुपमा फराकिलो अन्तरमा सेयर मूल्य घटाउने तथा बढाउने गरी आफू अनुकुल कारोबार गर्ने गर्दछन् ।

 

विहीबार कारोबारमा आएका १६५ मध्ये ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने बाँकी कम्पनीहरुको सेयर मूल्य तल झरेको छ । दशैं नजिकिँदै गर्दा लगानीकर्ता खर्च जुटाउने तरखरमा लागेपछि पनि बजारमा बिक्री चाप बढेको हो ।

विहीबार समग्र बजार पूँजीकरण १४ खर्ब ६१ अर्ब ९० करोड रुपैयाँमा झरेको छ । बुधबार बजार दोहोरो अंकले घट्दा बजार पूँजीकरण पनि घटेर १४ खर्ब ६५ अर्ब ७५ करोड रुपैयाँमा ओर्लिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।