किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ

Oct 05, 2018 Merolagani

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्याङ्कनमा नियम विपरीत कर्जा स्वीकृत गरेको प्रकरणमा तत्कालीन पुनरावेदन अदालत पाटनबाट दोषी ठहर भर्इ फरार रहेका उनलार्इ महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । 

कमसल धितो मूल्याङ्कन गरी ६ करोड बराबरको सम्पत्ति धितो राखेर जम्को प्रकाशनका नाममा बैंकबाट ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान सुरु गरेदेखि नै ज्ञवाली फरार रहँदै आएका थिए ।

किष्ट बैंकमा सञ्चालक र सीइओ दुबैको भूमिकामा रहँदा श्रीमति संलग्न रहेको संस्थालाई ऋण दिएर सो ऋण आफैँले घरजग्गामा लगानी गरी दुरुपयोग गरेको तथ्य फेला परेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

ज्ञवालीलाई तत्कालिन किष्ट बैंक अहिलेको प्रभु बैंकका कार्यकारी अधिकृत कुमार लम्सालको जाहेरीमा काठमाडौँ जिल्ला अदालतले २०७४ जेष्ठ ४ गते किर्ते जालासाँझी मुद्दामा २९ लाख बिगो जरिवाना तिराउने आदेश समेत दिएको थियो ।

प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको महाशाखा स्रोतले जनाएको छ । भारतमा पक्राउ परेका ज्ञवालीलाई फैसला कार्यान्वयन र सजाय भुक्तानका लागि अदालतमा पेश गरिने जनाएकाे छ ।

 

 

२०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनका न्यायधीशहरु चण्डीराज ढकाल र किशोर सिलवालको इजलासले ज्ञवाली र उनकी श्रीमतिलाई दोषी ठहर गर्दै बैंकिङ्ग कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

दोषी ज्ञवालीलाई ४ वर्ष कैद सजाय तथा १२ करोड ५० लाख रूपैयाँ जरिवाना तिराउने फैसला सुनाइएको थियो ।

नेपाल राष्ट्र बैंक बादी रहेको सो मुद्दामा २३ जनाविरूद्ध मुद्दा दायर गरेकोमा २३ जनामध्ये ८ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको थियो ।

गुल्मीको मध्यम वर्गिय परिवारमा जन्मेका ज्ञवाली छोटो समयमै वित्तीय बजारमा चर्चित बनेका थिए । ज्ञवालीकाे जथाभावी ऋण प्रवाहकै कारण डुब्ने स्थितिमा पुगेको तत्कालीन किष्ट बैंकलाई प्रभु समूहले खरीद गरी खराब कर्जा असुली गरेर दुर्घटनाबाट जोगाएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।